काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन (नाडा) ले मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा १७औं नाडा अटो शोको आयोजना गरेको छ । नाडा अटो शोको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका छन् ।
नाडा अटो शो उदघाटन गर्न पुगेका प्रधानमन्त्री ओली दौरा सुरुवाल लगाएको रोबोट देखेपछि हेरेको हेरै भएका छन् । सेतो दौरा सुरुवाल लगाएको रोबोटले मान्छेले जस्तै हात हल्लाएपछि ओलीले एकोहोरो हेरिरहे । अर्थमन्त्री विष्णु पौडेलसँग कुराकानी गर्दा पनि ओलीको आँखा रोबोटमै पुगेको थियो । अहिले दौरा सुरुवाल लगाएको रोबोट मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेको छ । नाडा अटो शोको प्रमुख आकर्षणमा उड्ने कार र रोबोट बनेको छ ।














प्रतिक्रिया