काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘आचार्य’ को सुटिङका लागि अभिनेता तथा निर्देशक निखिल उप्रेती भद्रपुर हुँदै भारत जाने भएका छन् । उनी मंगलबार कलाकार युनिटसहित झापाको भद्रपुर उडेका छन् । त्यतैबाट भारत जाने निखिलले बताए ।
निखिलसँगै अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकारसमेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी पनि छन् । चलचित्र भदौ ६ गते छायांकन हुने उनको भनाइ छ । चलचित्र पश्चिम बंगालको ‘डुअर्स’बाट सुरू हुनेछ ।
पहिलो चरणमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्ज तथा दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्डमा सुटिङ हुनेछ । तेस्रो चरणमा नेपालमा छायाँकन गरिने उनले बताए ।
चलचित्रमा निखिल नै प्रमुख अभिनेता रहनेछन् । अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी, उषा उप्रेती छन् ।
यसअघि २०१५ मा रिलिज भएको ‘भैरव’ चलचित्रबाट निर्देशकीय यात्रा सुरू गरेका निखिलको निर्देशनमा बन्ने यो दोस्रो फिल्म हुनेछ ।














प्रतिक्रिया