डा.नवीन रौनियार जो गाडी पार्किङमै विरामीलाई काउन्सिलिङ दिन्छन्


काठमाडौं । डा.नवीन रौनियार चर्चित फिजिसियन हुन् । नेपाल प्रहरी अस्पतालमा कार्यरत रौनियार डिएसपी हुन् । यसका साथै उनी नवजीवन फर्टिलिटी क्लिनिक एण्ड जनरल हेल्थकेयर, सहिद मेमोरियल अस्पतालमा वरिष्ठ सल्लाहकार चिकित्सक हुन् ।


चिकित्सा क्षेत्रमा दशकौंको अनुभव संगालेका रौनियार कतिसम्म लोकप्रिय छन् भने उनी अस्पताल पुगेर गाडी पार्किङ गर्न पाएका हुँदैनन्, त्यहीँ विरामी आइपुग्छन् । उनी विरामीले आफूलाई जहाँ भेट्यो त्यहीँ काउन्सिलिङ दिने गर्छन् ।

विशेषज्ञतः ब्रोन्काइटिस, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगहरू, मधुमेह, थाइरोइड विकार, अन्य हार्मोनसम्बन्धी, ग्यास्ट्राइटिस र प्यान्क्रियाटाइटिस, ग्यास्ट्रोइन्टेस्टाइनलसम्बन्धी कुनै पनि रोग, संक्रामक रोग, चिन्ता–तनावसम्बन्धी, जननांग र यौन संचारित रोगहरू, बाँझोपनसम्बन्धी, स्नायु रोग लागेकाहरूको उनले उपचार गर्दै आएका छन् । यी रोग लागेका विरामीले सहजै उनीबाट उपचार सेवा पाउँछन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत डा.रौनियारले विभिन्न रोगबाट बच्न विभिन्न सुझाव र सल्लाह दिने गरेका छन् । त्यसका साथै रोगबारे जानकारी दिने गरेकाले पनि उनी सर्वसाधारणमाझ लोकप्रिय बनेका हुन् ।

डा.रौनियारले सन् २००९ मा काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस गरेका हुन् । उनले एमडी न्याम्सबाट गरेका हुन् । नेपालमै चिकित्सा अध्ययन गरेकाले पनि उनलाई नेपालीलाई लाग्ने रोग र बच्ने उपायबारे धेरै जानकारी छ ।