प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीको सांसदहरूसँग प्रश्नोत्तर


काठमाडौं – प्रधानमन्त्री केपी ओलीको बुधबार प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यसूची छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीको प्रश्नोत्तरको कार्यक्रम रहेको जानकारी दिएका हुन् । ‘आज मिति २०८२ भदौ ४ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीज्यूसँग माननीय सदस्यहरुज्यूहरुको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची रहेको जानकारी गराउन चाहन्छु,’ बर्तौलाले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

हरेक महिनाको ६ गते प्रधानमन्त्री ओलीको प्रश्नोत्तरको कार्यक्रम थियो । तर प्रतिनिधिसभाको क्यालेन्डरमा यसपटक भदौ ४ गते नै प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका हुन् । अघिल्लो साता मात्रै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका थिए ।