काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् । उनी बुधबार साँझ ६ बजे रविलाई भेट्न कारागार जाने तय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
प्रचण्ड रास्वपा सभापति लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै उनको पक्षमा उभिएका छन् । विपक्षी दलहरूको मोर्चाको नेतृत्व गरेका प्रचण्डले रविको स्वास्थ्य अवस्थाबारे जानकारी लिने बुझिएको छ ।
१२६ दिन भैरहवा कारागारमा बसेर रवि केही दिनमात्र नख्खु कारागार स्थानान्तरण गरेका थिए । नख्खु आएलगत्तै रवि विरामी भएका छन् । उनलाई भिटामिन डीको कमी भएको चिकित्सकहरूले जनाएका छन् । रवि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी हुन् ।














प्रतिक्रिया