प्रचण्डले भेटे रवि लामिछाने, ‘दुब्लाउनुभएको छ’


काठमाडौं l नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नख्खु कारागार पुगेर रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेट गरेका छन्।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले भने, “भैरहवामा हुँदा उहाँ नाजुक हुन थालेको रहेछ, यहाँ आएपछि सुधार हुँदैछ। तर, उहाँ दुब्लाउनुभएको छ, अनुहारमै कमजोरी देखिन्छ।”

उनका अनुसार लामिछानेले रुपन्देहीको तुलनामा नख्खु कारागारको बसाइँ सहज भएको बताएका छन्।