एजेन्सी – गाजा सहर कब्जा गर्ने योजनासहित सुरु गरिएको इजरायली सेनाको आक्रमणमा आइतबारसम्म कम्तीमा ८१ जना प्यालेस्टिनी नागरिक मारिएका छन्। गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रमा आक्रमण तीव्र भएको अल जजिराले जनाएको छ।
मानवीय सङ्कट गहिरिँदै गएसँगै भोकमरीकै कारण आज मात्र थप तीन जनाको मृत्यु भएको छ। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको संख्या २६९ पुगेको छ, जसमा ११२ बालबालिका रहेका छन्।
यसैबीच, दक्षिणी गाजामा विस्थापितहरू बसोबास गरेको टेन्ट शिविरमा गरिएको इजरायली हवाई आक्रमणमा थप तीन जनाको ज्यान गएको समाचारमा उल्लेख छ।














प्रतिक्रिया