रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोधविरुद्ध करिब ३४ लाख हस्ताक्षर संकलन अभियान जारी


काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप सुरु गरिएको हस्ताक्षर संकलन अभियान जारी छ।

आजसम्म करिब ३४ लाख हस्ताक्षर संकलन भएको अभियानले जनाएको छ। यस्तै, अभियान सञ्चालनका लागि ६५ लाख रुपैयाँ सहयोग रकम पनि जुटाइएको छ।

देशव्यापी हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वतर्फ अघि बढिरहेको छ। यसै क्रममा हिजो सुदूरपश्चिमको कञ्चनपुरबाट ‘देश यात्रा’ औपचारिक रूपमा सुरू गरिएको हो।

अभियानको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले गरेका छन्।