काठमाडौं – “दर्शकलाई भावनामा बगाएर रुवाउने” भन्ने उद्देश्य बोकेर आएको फिल्म कोशेढुंगा रिलिजअघि नै आलोचनामा परेको छ। भदौमा रिलिज हुने यो फिल्म प्रचार–प्रसारमा सक्रिय देखिए पनि दर्शकको चासो खिच्न असफल भएको प्रष्ट देखिन्छ।
निर्देशक पूर्णबहादुरको सारंगी पछि, आएको यस फिल्मलाई निर्माण पक्षले “सारंगीका निर्देशकको अर्को प्रस्तुति” भन्दै बजारमा उतारिरहेको छ। तर, केवल निर्देशकको नाम मात्रले फिल्म उत्कृष्ट हुन्छ भन्ने ग्यारेन्टी नरहेको र अघिल्लो फिल्म हिट भएर पछिल्लो फिल्म असफल बनाउने निर्देशकहरूको लामो सूची नेपालदेखि बलिउडसम्म रहेको तथ्य आफैं बोल्छ।
फिल्मको ट्रेलर सार्वजनिक भएको तीन दिन भइसके पनि भ्यूज ३ लाख नपुग्नु यसको स्पष्ट संकेत हो। दर्शकले फिल्मप्रति चासो नदेखाएको तथ्य युट्युबमै देखिन्छ। यसले बाहिर मिडियामा जति उफ्रिएको भए पनि फिल्म दर्शकसम्म नपुगेको प्रष्ट हुन्छ।
फिल्मप्रति दर्शकको खै त चासो । के दर्शकले यो फिल्मलाई चासो देखाएका छन् त ? त्यो भ्यूज हेरेर नै पुग्छ । दर्शकले फिल्मप्रति चासो देखाएको पाइदैन । सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह लगायतका कलाकार फिल्ममा छन् । सुरक्षा पन्तको अभिनयको कुरा त फिल्म हेरेपछि गर्न सकिएला । तर, उनी सफल कलाकार होइनन् । उनका फिल्म चलेका छन् त, खेलको बक्स अफिस हेर्दा भयो । यता, आर्यनलाई के घर के डेरा र महाभोजले झट्का लगाइसकेको छ । नीति शाहको नाममा नै हलमा पुग्ने दर्शक कती होलान् र खै ? अब, सारंगीका निर्देशकको नाम नै बेचेर कोशेढुंगा चलाउने दाउ देखिएको छ । तर, दर्शकले चासो देखिएको छैन । भ्यूजमा खडेरी छ । यसले, फिल्म मेकर बाहिर जती उफ्रिएपनि भित्र भित्र दर्शकसम्म फिल्म पुग्न नसकेको प्रष्ट हुन्छ ।
यता, फिल्मको गीत जिन्दगी व्यर्थ छ युट्युबमा हिट भए पनि धेरै दर्शकलाई त्यो कोशेढुंगाकै गीत हो भन्ने थाहा नै छैन। अहिले दर्शकलाई जिन्दगी व्यर्थ भयो भन्ने गीत तीज गीत भन्ने छ । यसले प्रचार रणनीतिमा गम्भीर कमजोरी देखाएको छ।
फिल्मले कथा, अभिनय र भावनामा बगाएर दर्शकलाई रुवाउन सक्छ भने मात्र सफल हुन्छ। तर, फिल्मीकर्मीको सोच नै दर्शकलाई रुवाउने भयो भने दर्शक विच्किन्छ।” अहिले कोशेढुंगाको प्रचार शैली त्यस्तै देखिएको छ।
अब, भदौमा रिलिजपछि मात्र कोशेढुंगा बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ भन्ने खुल्नेछ। तर, अहिलेको संकेत हेर्दा यो फिल्म “मनको लड्डु ध्यूसँग खाने” अवस्थामा पुग्ने खतरा बढ्दो छ।














प्रतिक्रिया