काठमाडौं – उपसभामुख इन्दिरा रानालाई अमेरिकाको बोस्टन सिटी काउन्सिलले सम्मान गरेको छ।
सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको हितमा पुर्याएको योगदानका आधारमा उनलाई बिहीबार आयोजित विशेष समारोहमा काउन्सिल एडलार्ज एरिन मर्फीले सम्मान गरेका हुन्।
रानाले हालसम्म दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै शिक्षा, आश्रय र भविष्य निर्माणमा योगदान पुर्याएको उल्लेख गर्दै बोस्टन सिटी काउन्सिलले उनको सेवाको उच्च मूल्याङ्कन गरेको हो।
कार्यक्रममा उनले समाजसेवामा बिताएको आफ्नो अनुभव, नेपालमा महिला र बालबालिकाको क्षेत्रमा भइरहेको प्रगति तथा समानुपातिक समावेशिताबारे धारणा राखिन्।
उपसभामुख राना हाल बोस्टन सिटी काउन्सिलले आयोजना गरेको नेपाल र अमेरिकामा लोकतान्त्रिक प्रगति, चुनौती र अवसर विषयक उच्चस्तरीय संवाद कार्यक्रममा सहभागी हुन अमेरिका भ्रमणमा छिन्।














प्रतिक्रिया