काठमाडौं – नायक जीवन लुइँटेल लामो अन्तरालपछि फिल्मी पर्दामा कमब्याक गर्ने भएका छन्। उनले कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको फिल्म ‘सकम्बरी’ मा मुख्य भूमिकामा काम गर्ने पक्का भएको हो।
उपन्यास ‘शिरीषको फूल’ मा रहेको सकम्बरी पात्रलाई टिपेर फिल्मको शीर्षक राखिएको छ। कथा पनि सकम्बरीकै वरिपरि बुनिने बताइएको छ।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीका अनुसार हालसम्म जीवन लुइँटेल र अर्पण थापामात्र अनुबन्धित भएका छन्। जीवन ‘सुयोगवीर’ र अर्पण ‘शिवराज’को भूमिकामा देखिनेछन्। अन्य कलाकार र निर्देशकबारे चाँडै घोषणा गरिनेछ।
फिल्मको छायांकन भारतको वर्मा र नेपालमा गरिनेछ। करिब ३ करोड बजेटमा बन्ने तयारीमा रहेको यस फिल्मका लागि जीवन र अर्पण दुवै उत्साहित छन्।
जीवन लुइँटेल यसअघि ‘नाई नभन्नु ल ७’ बाट कमब्याक गर्ने चर्चा चले पनि निर्देशक विकासराज आचार्य तत्काल बनाउन इच्छुक नभएकाले त्यो योजना स्थगित भएको बुझिएको छ।














प्रतिक्रिया