काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्दै प्रतिनिधिसभाको विशेष समयमा बिहीबार यस्तो टिप्पणी गरेका छन्।
भट्टराईले भने, “आफैं प्रधानमन्त्री हुँदा संसदीय छानबिन समिति बनाएर, आफूसमेतका साथीहरूलाई निज अभियुक्त भनेर पठाएको व्यक्ति अहिले रबि लामिछानेलाई भेट्न सिस्नोपानी लगाएर तेल घस्न जान्छ। यस्ता गैरराजनीतिक मापदण्ड आवश्यक छैन।
उनले रास्वपामाथि पनि आरोप लगाउँदै भने, “राजनीतिक अपराधीकरण हिजो व्यक्तिगत थियो, टोले–गुन्डाहरू थिए। आज पार्टी नै राजनीतिक अपराधीकरण र अपराधको राजनीतीकरणमा संलग्न छ भने यसले जनता भ्रमित हुन्छ।”














प्रतिक्रिया