काठमाडौं – संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भए पनि निजी विद्यालय र सरकारी विद्यालय आन्दोलनरत अवस्थामै छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिबाट शिक्षा विधेयक पारित भए पनि त्यसमा उल्लेख भएका केही प्रावधान हटाउनुपर्ने मागसहित निजी विद्यालयका सञ्चालक मात्रै होइन, शिक्षक, कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् ।
निजी विद्यालयहरुा साझा संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलन थालेका हुन् । शुक्रबार निजी विद्यालयका बस चक्रपथमा निकालिएको छ ।
विधेयकमा निजी विद्यालय क्रमशः गैरनाफामुलक बनाइने, तीन पूर्ण छात्रवृत्ति राखेपछि प्याब्सन र एनप्याब्सनले उक्त बुँदा खारेजीको माग अघि सारेर देशभर आन्दोलनमा उत्रिएको हो । भदौ ८ गतेभित्रभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट निकास ननिस्किए अब विद्यालय बन्दसम्म गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
नेपाल शिक्षक महासंघले शुक्रबार नै आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि अहिले पत्रकार सम्मेलन जारी छ । बालविकास शिक्षकलाई शिक्षक नै नचिन्ने गरी विधेयक ल्याइएपछि महासंघले आपत्ति जनाएको छ ।














प्रतिक्रिया