काठमाडौं । केही समयदेखिको अविरल वर्षाले ललितपुरको च्यासलस्थित एमाले मुख्यालयको अगाडिको भाग डुबानमा परेको छ । झन्डै एक घन्टादेखिको वर्षाले मनोहरा खोलाको पानी करिडोर भरिएर एमाले मुख्यालय प्रवेश गरेको हो ।

यतिबेला एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न भएको छ । पार्टी मुख्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी ओली सोही जलमग्न सडक हुँदै पार्टी कार्यालय प्रवेश गरेका छन् ।















प्रतिक्रिया