जनै हराएको मान्छे’को हलमा दर्शक हराए, दर्शक तान्न असफल


काठमाडौं – शुक्रबार देखि रिलिज भएको चलचित्र ‘जनै हराएको मान्छे”को हलमा दर्शकहरुको खडेरीमा पर्‍यो। शुक्रबार–शनिबारको अग्रिम बुकिङ हेर्दा नै निर्माण पक्षलाई ठुलो धक्का लागेको छ। १ सय २० भन्दा बढी हल पाएको फिल्मले प्रिमियरमा चर्चा बटुल्यो, तर वास्तविक दर्शक हलसम्म तान्न सकेन।

निर्माण टिमले यसलाई विजय बरालको करिअरको ‘पूर्णबहादुरको सारंगी’पछि आउने मुख्य फिल्म भन्दै प्रचारबाजी गर्यो तर पनि टिकट काट्न दर्शकहरु तयार भएनन्। दुई–तीन दिन पुस गरेका दर्शकले हल्लाखल्ला र रुवाबासी गराए पनि फिल्मले विश्वास जगाउन सकेन। सिने क्षेत्रमा हल्ला छ कि नियोजित रुपमा मान्छे लगेर रूवायो ।

अब प्रश्न उठेको छ – खोक्रो प्रचारमा अब विश्वास गर्न छाडेका हुन् ? कि लगातार ‘रुवाउने कथा’ले दर्शकहरु वाक्कदिक्क भइसकेका छन् ?

फिल्ममा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकार छन्। कथा–पटकथा भानुभक्त ढकालको हो भने संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटी छन्।

पेपरक्लिप ब्यानरमा बनेको र गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको फिल्मलाई सुरुवातमै ‘कमजोर बुकिङ’को ठूलो झट्का लागेको छ। निर्माण टिम अझै प्रचारमा व्यस्त देखिए पनि हलमा दर्शक तान्ने सम्भावना न्यून देखिन्छ।

यस्तै, सोही दिन रिलिजमा आएको “माग्ने राजा”को पनि अग्रिम बुकिङ सन्तोषजनक थिएन तर शुक्रबार दिउँसो देखि हलहरुमा हलाखला बढेको छ । संगै आएका अर्को फिल्म ताराहरु”ले जस्तो न्यून शो पाएको थियो त्यसतै दर्शकहरु पनि न्यून पाए । विजय बराललाई पनि ठुलो झट्का लाग्ने देखिएको छ ।