भियतनामकी उपराष्ट्रपतिलाइ परराष्ट्रमन्त्री देउवाबाट भब्य स्वागत


काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति महामहिम सुश्री भो थी आन्ह सुआन तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुग्नुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री आर्जु राणा देउवाले स्वागत गर्नुभयो। स्वागत गर्दै मन्त्री देउवाले नेपाल–भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा भएको यो भ्रमणले दुई देशबीचको स्थायी मित्रता र आपसी सहयोगलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। पाँच दशकदेखि दुवै मुलुकले शिक्षा, पर्यटन, संस्कृति, व्यापार र अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर सहकार्य गर्दै आएका छन्। उपराष्ट्रपति सुआनको यो भ्रमणलाई दुवै मुलुकबीचको सम्बन्धमा कोसेढुङ्गा मानिएको छ।