कुलमान घिसिङलाई नेपाल जनजाति आदिवासी महासङ्घले पोर्चुगलमा गर्यो भव्य स्वागत


नेपाल जनजाति आदिवासी महासङ्घ पोर्चुगलद्वारा आयोजित नागरिक अभिनन्दन कार्यक्रमको लागि ‘उज्यालो नेपाल’को परिकल्पनालाई साकार पार्ने नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पोर्चुगल पुग्नुभएको छ। उहालाई त्यहा आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने एक विशेष कार्यक्रममा सहभागी हुन जानु भएको हो l

शुक्रबार स्पेनको कोष्टा ब्लाङ्कामा आयोजित कार्यक्रम सकेर लिस्बन पुगनु भएको छ घिसिङलाई लिस्बन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूले भव्य स्वागत गरेका थिए। हातमा फूलका गुच्छा र नेपालको राष्ट्रिय झण्डा बोकेर विमानस्थल पुगेका नेपालीहरूले नाराबाजीसहित घिसिङप्रति आफ्नो सम्मान र उत्साह प्रकट गरेका थिए।

विमानस्थलमा देखिएको उल्लेख्य उपस्थिति र उत्साहपूर्ण वातावरणले पोर्चुगलमा रहेका नेपाली समुदायबीच कुलमान घिसिङको लोकप्रियता र योगदानप्रति कदर झल्काएको देखिन्थ्यो।