काठमाडौं – चलचित्र “माग्ने राजा”ले प्रदर्शन शुरुदेखि नै राम्रो व्यापार गर्दै आएको छ । शुक्रबार मध्यान्हदेखि सुरु भएको फिल्मको चर्चा शनिबार बिहानैदेखि निरन्तर जारी छ ।
निर्देशक ऋषि लामिछाने कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीलाई लिएर उपत्यकाका हल पुगेका छन्, जहाँ दर्शकले फिल्मलाई मनोरञ्जन र सन्देश दुवैको सन्तुलित प्रस्तुति भन्दै प्रशंसा गरेका छन् ।
दर्शकले केदारलाई ‘माग्ने राजा’ भन्दै बोकेर नारा लगाएका छन् । घिमिरेले दर्शकको आर्शिवादले आफूमा अझ ठूलो जिम्मेवारी थपिएको बताएका छन् ।
वितरक रोहितकुमार कट्टेलका अनुसार, वैशाखमा प्रदर्शन भएको “‘उनको स्वेटर”पछि राम्रो इनिसियल दर्शक पाउने फिल्म ‘माग्ने राजा’ नै हो । तीजको बिदा पछि फिल्मले अझ आक्रामक व्यापार गर्ने उनको विश्वास छ ।
मुनाल घिमिरेको निर्माणमा तयार भएको फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी र शिशिर वाङ्देलको अभिनय छ ।














प्रतिक्रिया