काठमाडौं । वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरको सामुदायिक तथा संस्थागत विद्यालहरूको दुई दिनका पठनपाठन बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् । उनका अनुसार महानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ मा अहिलेसम्म हैजा ९कोलेरा०को बिरामी देखिएपछि अस्पतालमा भर्ना भएका हुन् ।
मनसुनी वर्षाको कमी र खडेरीले पानीका स्रोतहरू सुक्दै गएका छन्, जसले पिउने पानीको चरम अभाव सिर्जना गरेको छ। स्थानीय बासिन्दाहरू गुणस्तर परीक्षण नभएका जारको पानीजस्ता असुरक्षित वैकल्पिक स्रोतमा निर्भर छन्। स्रोतमा पानीको परिमाण घट्दा किटाणुको घनत्व बढ्छ, जसले पानीलाई थप दूषित बनाउँछ र सङ्क्रामक रोगको जोखिम बढाउँछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिव्यक्ति प्रतिदिन १०० लिटर शुद्ध पानी आवश्यक हुन्छ, र योभन्दा कम भएमा पानीजन्य रोगहरू फैलिने सम्भावना उच्च हुन्छ। यसै कारण वीरगन्जमा हालसम्म हैजाले पाँचजनाको ज्यान लिइसकेको छ।














प्रतिक्रिया