काठमाडौं l रौतहटमा शनिबार राति सुटकेशभित्र फेला परेको महिलाको शवको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक ३० वर्षीया रुबी देवी साह रहेको खुलेको हो। उनी माधव नारायण नगरपालिका–६ माधोपुरकी निवासी हुन्।
सदरमुकाम गौर–२ महादेव पट्टीमा डेरा गरेर बस्दै आएकी साह शनिबार बेलुकी ‘ब्युटी पार्लर जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। तर राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक सुटकेशभित्र उनको शव फेला परेको थियो। शव रस्सीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा साहको हत्या गरी सुटकेशमा शव हालिएको हुन सक्ने अनुमान गरेको छ। यससम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।














प्रतिक्रिया