काठमाडौं – स्टार पावर भन्दै फिल्म रिलिज गर्दा अब दर्शक अन्धो भएर हलमा पुग्दैनन् भन्ने कुरालाई फिल्म जनै हराएको मान्छे : सम्बन्धका धागाहरू ले प्रष्ट देखाइदिएको छ ।
नेपालकै सर्वाधिक कमाई गर्ने फिल्म पूर्ण बहादुरको सारंगी (४६ करोड) का नायक विजय बराल, कबड्डी ४ (२१ करोड), जारी (१७ करोड) र स्विटर (११ करोड) की नायिका मिरुना मगर, त्यस्तै बोक्सीको घर (१० करोड) की केकी अधिकारी — यी सबै सुपरहिट रेकर्ड राख्ने कलाकार एउटै पर्दामा आए पनि, फिल्मले हलमा दर्शक तान्न सकेन ।
शुक्रबारको ओपनिङ कमजोर भयो, शनिबार उठ्छ कि भन्ने आशा पनि ठुलो झट्का लाग्यो । आइतबार त झन् हलहरू रित्तै भए, शोज काटिन थाले । हलहरू सुनसान, सिटहरू रित्तै, र निर्माता–निर्देशकको लगानी डुब्ने संकेत देखिएको छ । अहिलेको अवस्थालाई हेर्ने हो भन्ने “जनै हराएको मान्छे” होइन, वास्तवमै “दर्शक हराएको फिल्म” बनेको छ । अब स्टार निर्देशक र ब्यानरको के होला गती ? भदौमै आउदै छन् अझै दुई चलचित्र पूर्ण बहादुरको सारंगी”को नामले प्रचारप्रसार गर्दै आएका चलचित्र । फिल्मले प्रिमियरमा चर्चा बटुल्यो, तर वास्तविक दर्शक हलसम्म तान्न सकेन।
निर्माण टिमले यसलाई विजय बरालको करिअरको ‘पूर्णबहादुरको सारंगी’पछि आउने मुख्य फिल्म भन्दै प्रचारबाजी गर्यो तर पनि टिकट काट्न दर्शकहरु तयार भएनन्। दुई–तीन दिन पुस गरेका दर्शकले हल्लाखल्ला र रुवाबासी गराए पनि फिल्मले विश्वास जगाउन सकेन। सिने क्षेत्रमा हल्ला छ कि नियोजित रुपमा मान्छे लगेर रूवायो ।
अब प्रश्न उठेको छ – खोक्रो प्रचारमा अब विश्वास गर्न छाडेका हुन् ? कि लगातार ‘रुवाउने कथा’ले दर्शकहरु वाक्कदिक्क भइसकेका छन् ?














प्रतिक्रिया