काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीसँग परराष्ट्र मन्त्री आर्जु राणा आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभयो।
भेटमा परिवारजनले विपिनको रिहाइका लागि नेपाल सरकारले निरन्तर गर्दै आएको पहलप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह गरेका थिए।
परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली दूतावासको समन्वयमा विपिनकी आमा र बहिनी हालै इजरायल पुगेका थिए। उनीहरूले त्यहाँ विपिनको अवस्था बुझ्न तथा इजरायल सरकारसँग रिहाइका लागि अपिल गरेका थिए।
इजरायल भ्रमणपछि फर्केर आज मन्त्री राणालाई भेट्दा परिवारले आफ्नो अनुभव सुनाएका थिए। यस अवसरमा मन्त्री राणाले सरकारले विगतमा गरेका र हालसम्म जारी राखेका कूटनीतिक पहलहरूको जानकारी गराउँदै जोशी परिवारलाई ढाडस दिनुभयो।
मन्त्री राणाले विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा अझ सशक्त कूटनीतिक प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।














प्रतिक्रिया