काठमाडौं – सत्तारुढ कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपानेलाई बनाउने निर्णय गरेको छ ।
कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समिति सदस्य उनी संयुक्त समिति संसदीय सुनुवाइ समितिको पनि सभापति पनि हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकले न्यौपानेलाई राज्यव्यवस्था समिति सभापति बनाउने निर्णय गरेको हो । आज दिउँसो १ बजेदेखि मनोनयन कार्यक्रम तोकिएको छ ।
निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्याएको थियो । त्यसलगत्तै खतिवडाले राजीनामा दिएका थिए।
यसअघि कांग्रेसमा दिलेन्द्रप्रसाद बडू, हृदयराम थानी र अम्बिका बस्नेतको नाम चर्चामा थियो । बडू र थानी कांग्रेसमा शेखर कोइराला पक्षका नेता हुन् । बस्नेतसँग नेतृत्व गर्ने क्षमता कमी रहेको बताइन्छ । सोही कारण कांग्रेसले अब संसदीय सुनुवाइ समितिमा अर्कै सांसदलाई सभापति बनाउने भएको छ ।














प्रतिक्रिया