काठमाडौं । विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित भएका कवाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
काठमाडौंका मेयर बालेन्द्र साह बालेनको नीतिका कारण आफ्नो व्यवसाय चौपट भएको भन्दै कवाड व्यवसायीहरू राष्ट्रिय झण्डा बोकेर महानगर घेराउ गर्न गएका हुन् । उनीहरूले बालेनले १५ करोड रुपैयाँ घुससमेत खाएको आरोप लगाएका छन् ।
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् ।उनीहरूले हिजो सोमबार पनि कमलादीस्थित काठमाडौं महानगरको कार्यालय बाहिर नारावाजीसहित धर्ना दिएका थिए ।
कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्नेसमेत उनीहरूको माग छ ।














प्रतिक्रिया