काठमाडौं । रुवि साह हत्याकाण्डका मुख्य आरोपी लक्षुमन पासवान पक्राउ परेका छन् । रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरभन्दा पश्चिम सडकमा जिउमा आगो लगाएर आधा जलेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई उपचारका लागि गौर लगिएको छ ।
स्थानीयले एक युवाले आफैंले आफैंलाई आगो लगाएर घाइते भएको भन्दै प्रहरीमा खबर पुगेपछि तत्काल घटनास्थलमा प्रहरी पुग्दा उनी रुवि हत्याकाण्डका प्रमुख अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्रमणि गिरीले जानकारी दिए ।
आफैंले आफैंलाई आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका पासवानको रौतहटको गरुडास्थित बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुविकुमारी शाहको गत शनिबार हत्या भएको थियो । उनको शव सुटकेसमा फेला परेको थियो। सुटकेस लैजाने रिक्सा चालक पक्राउ परेपछि मुख्य अभियुक्तबारे रहस्य खुलेको थियो । हत्या गरेलगत्तै पासवान फरार थिए ।














प्रतिक्रिया