काठमाडौं l अभिनेता तथा हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ब्याडमिन्टन खेल्दा लडेर घाइते भएका छन्। मंगलबार इमाडोलस्थित घर नजिकको कोर्टमा खेल्दै गर्दा उनी चिप्लिएर लडेका थिए।

लड्दा दाहिने कुहिनो भूइँमा बज्रिँदा कुममा समस्या देखिएको उनले बताएका छन्। चिकित्सकको सल्लाह अनुसार आराम गर्नुपर्ने भए पनि घिमिरे हल–हलमा चलिरहेको आफ्नो फिल्म ‘माग्ने राजा’ को प्रदर्शनमा उपस्थित भई दर्शकलाई धन्यवाद दिइरहेका छन्।

“चोट त लागेको छ, तर दर्शकलाई धन्यवाद भन्न छुटाउन सक्दिनँ,” घिमिरेले हलमा सम्बोधन गर्दै भनेका थिए। उनका अनुसार स्वास्थ्यमा सुधारका लागि उपचार र आराम दुवै भइरहेको छ।

फिल्म निर्माण टिमले घिमिरेको समर्पणलाई प्रशंसा गर्दै दर्शकलाई पनि स्वास्थ्यलाभको शुभकामना दिन आग्रह गरेको छ।














प्रतिक्रिया