काठमाडौं – उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासमा मुद्दाको सुनुवाइ सकेपछि यस्तो आदेश दिएको हो ।
रवि पत्नी निकिताले सोमबार जिल्ला अदालत रुपन्देहीले सहकारी ठगीमा तोकेको बिगोबापतको रकम अस्वीकार गर्ने फैसला गरेपछि त्यसलाई बदर गरी पाउँ भनी रिट निवेदन दिएकी थिइन् ।
अब अदालतले मुद्दाको कैफियत प्रतिवेदन झिकाएर अध्ययन गरी सुनुवाइका लागि अर्को पेसी तोक्ने छ ।














प्रतिक्रिया