रास्वपा सचिवालय बैठकमा भिजिट भिसा प्रकरणको छानबिन समितिको प्रतिवेदन बुझाइयो


काठमाडौँ, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बसेको केन्द्रीय सचिवालय बैठकमा सांसद प्राध्यापक डा. चन्दा कार्कीको नेतृत्वमा गठन भएको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

भिजिट भिसा प्रकरणमा पीडितहरूको सहयोग गर्ने क्रममा पार्टी नेताको अवाञ्छित संलग्नता भएको भन्ने विषयमा छानबिन गर्न उक्त समिति गठन गरिएको थियो। समितिले आन्तरिक अध्ययन र संकलित विवरणका आधारमा तयार पारिएको प्रतिवेदन औपचारिक रूपमा सचिवालयमा पेश गरेको हो।