हाजिर जमानीमा छुटे एमाले केन्द्रीय सदस्य महर


काठमाडौं । साइबर क्राइम कसुरमा पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले निर्णय गरेको छ ।

बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरीपछि पक्राउ परेका महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जनाएको छ ।

महरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौँले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै महरले प्रहरीसमक्ष आत्समर्पण गरेका थिए ।

चरित्र हत्या गरेको भन्दै महरविरुद्ध रश्मिला धामीले हुलाकमार्फत ब्युरोमा उजुरी दिएकी थिइन् ।