काठमाडौंको माइतीघर मण्डलामा किसानहरूले उखुको उचित मूल्य निर्धारण र अनुदान भुक्तानीको माग गर्दै आन्दोलन गरेका छन्। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै निबर्तमान रक्षा मन्त्री माननीय हरि उप्रेतीले किसानलाई “धरतीको स्तम्भ” को संज्ञा दिदै उनीहरूको माग न्यायोचित भएको बताएका छन्।
उनले किसानको पसिनाले देश चल्ने भएकाले सरकारले किसानलाई बेवास्ता गर्नु गलत भएको प्रष्ट पारे। “सरकार र सम्बन्धित निकायले किसानको जायज मागलाई तुरुन्त सम्बोधन गर्नैपर्छ,” उप्रेतीले जोड दिए।
किसानहरूले भने माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।














प्रतिक्रिया