काठमाडौँ – सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा एक हजार २०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० रुपैयाँ निर्धारण भएको छ । जुन हालसम्मकै सबैभन्दा बढी हो । सुन व्यवसायीहरूले एक वर्षअघि नै सुनको मूल्य तोलाको दुई लाख नाघ्ने बताएका थिए ।
यस्तै, चाँदी प्रतितोला तोला दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
बिहीबार एक तोला सुन एक लाख ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । चाँदी तोलामा दुई हजार ३५५ रुपैयाँमा क्रयविक्रय भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।














प्रतिक्रिया