सुनको भाउ तोलाकै दुई लाख पुगेपछि सुन पसल सुनसान


काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला दुई लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँ बढेको हो। भाउ अकासिएपछि सुनको व्यापार घटेको व्यवसायीहरुले बताएका छन् । न्युरोड क्षेत्रका सुन पसल सुनसान देखिएका छन् । सुनको मूल्य बढेसँगै न्यून आर्थिक आम्दानी भएका नेपालीलाई भने गरगहना लगाउन निकै कठिनाइ हुनेछ ।