काठमाडौं l काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलको ३३औँ महानगर प्रहरी दिवसका अवसरमा मेयर बालेन शाहले नगर प्रहरीप्रति धन्यवाद ज्ञापन गर्दै आफ्ना बाल्यकालका सम्झनाहरू बाँडे।

उहाँले स्मरण गर्नुभयो,
“सानोमा हुँदा एउटा रमाइलो कुरा याद आउँछ। हामीले हलिउड मुभी हेर्थ्यौँ। पुराना फिल्महरूमा न्यूयोर्क सिटी पुलिसको काम कारबाही देख्दा काठमाडौंलगायत देशका पालिकामा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुरा तिनै सिनेमामा मात्र हेर्न पाइन्थ्यो।”

त्यसै प्रसङ्गलाई जोड्दै उहाँले थप्नुभयो,
“अचेल तपाईंहरूको काम हेर्दाखेरी कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ। त्यो भनेको खुसीको कुरा हो।”

मेयर शाहले काठमाडौं महानगर प्रहरीको काम–कारबाहीले राजधानीमा शहरी सुव्यवस्था कायम गर्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै नगर प्रहरी बललाई आगामी दिनमा अझ सक्षम, अनुशासित र जनमैत्री बनाउन महानगरपालिकाको निरन्तर सहयोग रहने आश्वासन पनि दिनुभयो।














प्रतिक्रिया