काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा श्रीमान् श्रीमतीबीचको किचलो यथावत् नै छ । स्थापनादेखि आजसम्म आइपुग्दा रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठको विवाद एक दिन पनि साम्य भएको छैन । कतिसम्म भने रेशमले श्रीमती रञ्जितालाई अध्यक्षबाट हटाएर आफ्ना बुवा लालवीर चौधरीलाई समेत अध्यक्ष बनाएका थिए ।
तर निर्वाचन आयोगले नाउपा अध्यक्षमा रञ्जितालाई नै आधिकारिक मान्यता दिएपछि रेशम पक्ष समस्यामा परेको छ । यही किचलोबीच नाउपा अध्यक्ष रञ्जिताले केन्द्रीय समिति बैठक बोलाएकी छन् । आइतबार र सोमबार बस्ने बैठकमा संरक्षक रेशम चौधरी पक्ष अनुपस्थित हुने भएको छ ।
आइतबार दिउँसो बस्ने बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरुको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविधलगायत रहेको केन्द्रीय सदस्य दामोदर पण्डितले बताए ।














प्रतिक्रिया