काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि सत्याग्रह सुरु गरेका छन् । निजी मेडिकल कलेजको सिट वृद्धि गर्ने सरकारको निर्णयविरुद्ध केसीले आइतबारदेखि सत्याग्रह थालेका हुन् ।
केसीले कैलालीको गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गरेका छन्। सत्याग्रह थाल्नुअघि केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गरेका थिए ।
यसअघि नै केसीले सत्याग्रह थाल्ने सरकारलाई चेतावनी दिएका थिए । तर दुर्घटनामा परेर खुट्टामा प्लास्टर गर्नुपरेकाले उनको सत्याग्रह पछि सरेको हो । चिकित्सा शिक्षा आयोगले हालै एमबिबिएस, बिडिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि निजी मेडिकल कलेजलाई १३ सयभन्दा बढी सिट प्रदान गरेको थियो । तर एउटा सिट पनि सरकारी मेडिकल कलेजलाई छुट्याइएको थिएन । सरकारको यो निर्णयको केसीले सुरुदेखि नै विरोध गर्दै आएका छन् ।
शिक्षा स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रको गुणस्तर समतामूलक पहुँचको अभिवृद्धिको सुनिश्चितलगायत युद्धग्रस्त मुलुक युक्रेन र गाजामा शान्ति स्थापनाको माग गर्दै केसीले सत्याग्रह थालेका हुन् ।














प्रतिक्रिया