नेपाली लघु फिल्म ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर


काठमाडौं – नेपाली लघु चलचित्र ‘रिहाना’ दक्षिण कोरियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा वर्ल्ड प्रिमियर गर्न लागेको छ। असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) हुने विशेष स्क्रिनिङमार्फत फिल्म प्रस्तुत हुनेछ।

३,०५९ फिल्ममध्ये उत्कृष्ट १० मा पर्न सफल ‘रिहाना’ यसपटक महोत्सवमा सहभागी हुने एक मात्र नेपाली फिल्म हो। केदार भुसाल, उज्ज्वल बस्ताकोटी र अभिनाश विक्रम शाह निर्माताको फिल्मलाई सुरज पौडेलले लेखन तथा निर्देशन गरेका हुन्। मुख्य भूमिकामा पृथु भट्ट र सृजना अधिकारी छन्।

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई एसियाली सिनेमाको सबैभन्दा ठूलो प्लेटफर्म मानिन्छ। ‘रिहाना’को चयनले नेपाली कथालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।