काठमाडौं – भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म “रिमै” टिम प्रचार–प्रसारमा सक्रिय छ। पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले चलचित्र गुरुङ समुदायको संस्कार, संस्कृति र जीवनशैली बुझ्न एक महत्त्वपूर्ण दस्तावेज हुने बताए।
“रिमै”को अर्थ छोरी–चेली भन्ने हो। फिल्मले गुरुङ समाजमा छोरीको विशेष स्थान र भूमिकालाई केन्द्रमा राखेको छ। अभिनेत्री रिस्मा गुरुङले पनि छोरीको अनिवार्य उपस्थितिबिना गुरुङ समुदायमा संस्कार पूरा नहुने परम्परा फिल्मले प्रष्ट्याउने बताइन्।
खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङलगायतको अभिनय छ। पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका छन्।














प्रतिक्रिया