काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ दक्षिण कोरिया जाने भएका छन्।
‘उज्यालो संवाद’ अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आमन्त्रणमा उनी भ्रमणमा जाँदैछन्।
सउलमा आगामी अक्टोबर ४ मा हुने ‘उज्यालो संवाद’ कार्यक्रममा घिसिङले सहभागी हुनेछन्। सोही अवसरमा “नेपालमा जलविद्युत तथा हाइड्रो क्षेत्रमा प्रवासी नेपालीहरूको लगानी : सम्भावना र चुनौती” शीर्षकमा हाइड्रो लगानी सम्मेलन पनि आयोजना हुनेछ।
विद्युत प्राधिकरणको नेतृत्व गर्दै उर्जा क्षेत्रमा देखाएको परिवर्तनलाई घिसिङको महत्वपूर्ण उपलब्धि मानिन्छ। कार्यक्रममार्फत उनको अनुभव तथा नेपालमा जलविद्युत लगानीका सम्भावना, चुनौती र फाइदामाथि गहन छलफल हुने अपेक्षा गरिएको आयोजकहरूले जनाएका छन्।














प्रतिक्रिया