नेपाली फिल्म ‘बलिदान’ले तोड्यो इतिहास, एएमसी सिनेमामा प्रदर्शन हुने पहिलो चलचित्र


नेपाली चलचित्र ‘बलिदान’ अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्ने भएको छ। निर्देशक तथा अभिनेता सन्तोष सेन को निर्देशन र समीर भट्ट को मुख्य अभिनय रहेको यो फिल्म आगामी दसैँको फूलपातीको दिन रिलिज हुँदैछ।

निर्माता पक्षका अनुसार ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलमा एक हजार शो सहित प्रदर्शन हुने अपेक्षा गरिएको छ। एएमसीसँगै सिनेमार्क, मार्कस र रेगल जस्ता प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत प्रदर्शन हुने भएको छ।

यसअघि कुनै पनि नेपाली फिल्म एएमसीमा नचलको इतिहास तोड्दै ‘बलिदान’ लाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाइ पुर्‍याउने परियोजनाको रूपमा लिइएको छ।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय छ। आशुसेन फिल्म्स को प्रस्तुतिमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।