चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ। आशिस अविरल र मेलिना राईको स्वरमा रहेको गीतमा शब्द दानबहादुर कार्की, संगीत दीपक शर्मा, र कोरियोग्राफी किरण थापा द्वारा तयार गरिएको छ। भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन्। छायांकन कृष्ण बहादुर थापा र सम्पादन नहकुल खड्का ले गरेका हुन्।
यसअघि सार्वजनिक ‘बेला बितेसी’ गीतले युट्युबमा २० लाख बढी भ्युज र टिकटकमा २ लाख बढी प्रयोगकर्ता प्रतिक्रिया पाएको थियो।
निर्देशक दिपेन्द्र के खनाल को यो चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र दसैँको फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउनेछ।
चलचित्र एसएम मोसन पिक्चर्स ब्यानरमा निर्माण भएको छ, निर्माता सरोज ओली र मोहितबंश आचार्य, छायांकन कृष्ण बहादुर थापा, सम्पादन नकुल खड्का, र संगीत वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत ले दिएका छन्। गीतमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाई को स्वर सुन्न सकिन्छ।














प्रतिक्रिया