यश कुमारको नयाँ गीत ‘हल्का हल्का’ को भिडियो सार्वजनिक…(हेर्नुस् भिडियो)


गायक यश कुमार ले नयाँ गीत ‘हल्का हल्का’ को भिडियो सार्वजनिक गरेका छन्। सोमबार राजधानीमा आयोजित कार्यक्रममा म्युजिकल सिनेमाको शैलीमा तयार पारिएको भिडियो रिलिज गरिएको हो।

भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ सिनेमा निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रूपमा सहभागी भए। उनले यश कुमारको काम गर्ने शैलीबाट प्रभावित भएको अनुभव सुनाए र धेरै समयपछि नेपाली सिनेमामा निर्देशनमा कमब्याक गर्दै आफूले सिक्ने अवसर पाएको बताए। गीतकी गायिका स्मिता दार्जिलिङ पनि कार्यक्रममा सहभागी भएकी थिइन्।

गीतका शब्द रचना तथा संगीत यश कुमार ले गरेका हुन् भने एरेन्ज र मिक्सिङ देवेस राई को रहेको छ। भिडियोमा यश कुमार र स्मिता दार्जिलिङ मुख्य भूमिकामा छन्। यससँगै राजेश घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनम ले अभिनय गरेका छन्।

भिडियोको छायांकन चर्चित डिओपी हरि हुँमागाई, सम्पादन र कलर विकास धमाल, मेकअप तुलसा लिम्बु ले गरेका छन्। भिडियो यश कुमारको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।