काठमाडौं । सांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै चीनमा रहेका प्रधानमन्त्री केपी ओली मंगलबार बेइजिङ जाँदै छन् । बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम छ । साथै, त्यहाँ उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।
चीनका राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री ओलीको सियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल बुधबार चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने विजयोत्सव समारोहमा सहभागी हुनेछ । प्रधानमन्त्रीसहितको नेपाली टोली भोलि नै स्वदेश फर्कनेछ ।
दोस्रो विश्व युद्धका बेला जापानी सेनामाथि चीनले विजय हासिल गरेको अवसरमा सैन्य परेड आयोजना हुन लागेको हो । नेपालमा जापानविरुद्ध हुन लागेको सैन्य परेडमा सहभागी नहुन प्रधानमन्त्रीलाई दबाब परिरहेको छ । तर पनि ओली सहभागी हुने भएका छन् ।














प्रतिक्रिया