रास्वपा र्‍याट समन्वय विभागको केन्द्रीय सदस्यमा नौजना मनोनीत


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍याट समन्वय
विभागको केन्द्रीय सदस्यमा नौजना मनोनीत भएका छन् । पार्टी कार्यबाहक सभापति डिपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय र्‍याट समन्वय विभागका कार्यवाहक प्रमुख वैकुण्ठ थापा (आशीष) थापाले हालै उनीहरूलाई र्‍याट समन्वय
विभागको केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

र्‍याट विभागको केन्द्रीय सदस्य मनोनीत हुनेमा केन्द्रिय र्‍याट उपसंयोजक प्रेम थापा, कार्यबाहक सचिव प्रदीप सापकोटा, कोष व्यवस्थापक कृष्णबहादुर थापा, ऋषिराम बराल, धिरेन्द्र रिजाल, मोहम्मद हुसेन खान, शेरबहादुर सिंह, रामवचन्द्र अधिकारी, सुजन देवकोटा छन् ।

उनीहरू तीन वर्षदेखि विदेशमा अलपत्र परेका नागरिक र देशमै विभिन्न समयमा समस्यामा परेका नागरिकको उद्धारमा खटिएका छन् । मुग्लिङ सडकखण्डमा पहिरो गई सडक अवरुद्ध हुँदा सडक खुलाउनेदेखि गत वर्ष झ्याप्ले खोलामा गएको वर्षाको पहिरोले करिब पाँचवटा गाडी पुरिएको अवस्थामा सरकारसँग समन्वय गरी सहजीकरणको लागि भूमिका निर्वाह गरेको रास्वपाले जनाएको छ ।

देशमा कुनै पनि दैवी प्रकोप वा आपतविपतका बेला जनताको पक्षमा काम गरेका आधारमा केन्द्रीय कमिटीले उनीहरूलाई देशैभरिका तहगत संरचनालाई चलायमान बनाउन नेतृत्वमा ल्याइएको कार्यबाहक प्रमुख थापाले बताए । रास्वपाको केन्द्रीय र्‍याट समन्वय विभाग मातहत रहेर केन्द्रीय र्‍याट, प्रदेश र्‍याट समन्वय विभाग, जिल्ला र्‍याट र पालिका र्‍याट रहनेछ।