काठमाडौं – चीनको राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा बुधबार आयोजित सैन्य परेडमा सहभागी। सैन्य परेडमा विभिन्न २६ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा गरिएको छ ।
प्रधानमन्त्री केपी ओली पनि विशाल सैन्य परेडमा सहभागी हुँदैछन् । नेपालको विकास साझेदार जापानविरुद्धको सैन्य परेडमा सहभागी नहुन प्रधानमन्त्री ओलीलाई सुझाव दिइए पनि उनले त्यसको बेवास्ता गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको अगाडि ओलीको केही सीप चलेन । उनी सैन्य परेडमा सहभागी भएर आजै स्वदेश फर्किदैछन् । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका शासक किम जोन उनलगायत सहभागी भएका छन् ।














प्रतिक्रिया