काठमाडौं – पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माको झगडामा माओवादी नेता वर्षमान पुन पनि खुलेर बोल्न थालेका छन् । यसअघि एकाध नेताबाहेक अरुले प्रचण्ड–जनार्दनको झगडामा मुख खोलेका थिएनन् । नेता देवेन्द्र पौडेलले एक ठाउँमा जनार्दनको पक्षमा बोलेका थिए । तर अरु भने चुपचाप थिए ।
पछिल्लो समय माओवादी उपमहासचिव वर्षमान पुन पनि पार्टीमा देखिएका किचलोबारे चिन्तित देखिएका टन् । उनले उपमहासचिव शर्मालाई आफ्ना असन्तुष्टि वा फरक मत बाहिरभन्दा पनि पार्टीभित्रै राख्न सुझाव दिएका छन्। मंगलबार रोल्पामा पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले यस्तो सुझाव दिएका हुन्।
‘आफ्नो धारणा पार्टीमा राख्न मिल्छ, आफ्नो मतलाई पार्टीको आधिकारिक निर्णय बनाउन मिल्छ, तर पार्टीको न्यूनतम नम्स भनेको पार्टीभित्रै कुरा राखौँ न भन्ने हो,’ उनले भने, ‘त्यस कुरामा जनार्दनजीको कुरा मात्र होइन, सबै नेता–कार्यकर्ता पार्टी अनुशासनमा बसौँ न भन्ने पार्टीको कुरा छ।
यसलाई धेरै आश्चर्यको विषय बनाउनुभन्दा पनि स्वाभाविक रूपमा पार्टीभित्र छलफल–बहस हुने उनले बताए। जनार्दनसँगको शीतयुद्धका कारण प्रचण्डले पार्टीको बैठकसमेत राख्न छाडेका छन् । प्रचण्डले पनि शर्मालाई मनाउने भन्दा पनि अन्य दलका नेतालाई पार्टी प्रवेश र एकता गराउने प्रयास थालेका छन् ।














प्रतिक्रिया