काठमाडौैं । यस वर्षको दशैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवाडटकमबाट बस तथा हवाईजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो । यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाईजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् ।
बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काँकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ । बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उनको भनाइ छ । बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाईजहाजको टिकट समेत उपलब्ध गराएको छ ।
हवाई सेवा पुगेका सबै जिल्लाका उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ । बससेवाबाट टिकट काट्नेमध्ये सयजनालाई फ्रि टिकट १५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेबसाइट (बससेवाडटकम) मार्फत टिकट काट्ने यात्रुहरुलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरुमध्ये एक सयजनालाई निःशुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ ।
बससेवा अनलाइनबाट बस/हवाईजहाजको टिकट उपलब्ध गराउने सहज माध्यम हो । बससेवाको मोबाइल एपबाट आफूलाई मनपर्ने बस र सिट रोजेर सजिलै टिकट काटी यात्रा गर्न सकिन्छ । बससेवाबाट टिकट किन काट्ने ? –समय र खर्च दुवैको बचत गरी मोबाइलबाटै टिकट काट्न सकिने । –बसमा उपलब्ध सेवा र शुल्क दाँजेर आफूलाई मनपर्ने बसमा यात्रा गर्न सकिने । –काउन्टरकै दरमा टिकट उपलब्ध हुने र बससेवाका विभिन्न अफरको लाभ उठाउन सकिने ।














प्रतिक्रिया