आफ्नो चरित्रहत्या गरेको भन्दै रास्वपा उपसभापति वाग्लेले दिए एमालेका कार्यकर्ताविरुद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले डिप फेक प्रयोग गरेर भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर चरित्र हत्या गरेको भन्दै एमाले कार्यकर्ताविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमा ‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको भन्दै उनले एमाले नुवाकोटका कार्यकर्ता रोहित मगर र चितवन एमालेका कार्यकर्ता कमल पाठकलगायतविरुछ साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

रास्वपा सांसद हरि ढकालका साथमा वाग्ले बुधबार दिउँसो सवा २ बजे भोटाहिटीस्थित ब्युरो कार्यालय पुगेका थिए । वाग्लेले उजुरी दिएपछि अब कानुनी कारबाही नै नगरी नहुने अवस्था आएपछि गम्भीर भएर ब्युरो आएको बताए । ‘एक सातासम्म यस्ता भिडियोलाई उडाएर हाँसियो । तर पछिपछि संगठित रूपमै सेयर हुन थालेपछि बाध्य भएर उनीहरूको नामै किटेर उजुरी दिएका हौं,’ उनले भने ।

आफ्नो पार्टीका सभापति रवि लामिछाने र उपसभापति डिपी अर्यालमाथि पनि साइबर बुलिङ भएको र आफूविरुद्ध पनि हिलो छ्याप्ने काम भएकाले उनीहहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन उजुरी हालेको वाग्लेले बताए । आफ्नो आवाज जस्तै बनाएर लिपुलेकबारे भ्रम छर्ने भिडियो बनाइ सामाजिक सञ्जालमा हालेको वाग्लेको आरोप छ ।

दुई वर्षअघि भारतीय पत्रकारसँग वाग्लेको अन्तर्वार्तामा पनि तोडमोड गरेको उनको गुनासो छ । दुई चारवटा भिडियो कलेक्सन गरेर एआईको प्रयोग गरी नक्कली भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको उनको भनाइ छ ।

3:34 PM

You sent 4 photos