काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारीमाथि राजधानीमा सँसाँझै कुटपिट भएको छ । रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव भण्डारीमाथि बुधबार राति कपनस्थित घर नजिकै भएको आक्रमणमा टाउकोमा गहिरो चोट लागेको जनाएको छ ।
उनको टाउकोमा १० वटा टाँका लगाइएको छ । बुधवार राति करिब ८ बजे कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्कने क्रममा मोटरसाइकलमा आएका तीनजनाले भण्डारीमाथि आक्रमण गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेका थिए । भागेर घरभित्र पसेपछि उनले ज्यान जोगाएका थिए भने आक्रमणकारीहरू भागेका थिए । भण्डारीलाई तत्काल चाबहिल चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । आक्रमणकारीको पहिचान खुल्न बाँकी छ । रास्वपाले घटनाबारे प्रहरीमा जानकारी गराएको छ ।भण्डारीमाथि कसले किन आक्रमण गरेको हो भन्ने अझै खुलेको छैन ।














प्रतिक्रिया