काठमाडौं – सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
नेपालको कानुनबमोजिम सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार निर्णय गरेको हो । आजैदेखि लागू गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइसकिएको मन्त्रालयले जानकारी दिएको छ।
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न यस्तो निर्णय गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
सरकारले नेपालमा सञ्चालनमा रहेका विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूलाई दर्ताका लागि एक साताको समय दिएको थियो । तर बुधबार रातिसम्म कुनै पनि सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएका छैनन् । सोही कारण आजै सञ्चार मन्त्रालयले २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय गरेको हो ।














प्रतिक्रिया