काठमाडौं । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्याएका छन् ।
उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढंगले संवेदनशील बनाइएको जिकिर गरे ।
ओलीले यसो भनिरहँदा महाधिवेशनस्थलमा भण्डारीको सन्देश भन्दै हजारौं चिठी वितरण भइरहेका छन् । आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य रहेको कार्यकर्ताहरूले बताएका छन् । भण्डारीले बिहीबार राति अपिल जारी गरेकी थिइन् । आज बाँडिएको चिठी पनि त्यही अपिल भएको बताइन्छ ।














प्रतिक्रिया